बैतडीमा एक महिलालाई रातभरि बन्धक बनाएर बलात्कार

दार्चुला । बैतडीमा एक महिलालाई रातभरि बन्धक बनाएर बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।

जिल्लाको मेलौली नगरपालिकाकी ३० बर्षीया एक महिलामाथि मुख थुनेर रातभर बलात्कार भएको घटना सार्वजनिक भएको हो । मेलौली–१ का २६ बर्षिय करनसिंह नेगीले गत माघ २४ गते बलात्कार गरेको खुलेको छ ।

अपांगता भएकी चार बर्षीया छोरीको बाल पोषण भत्ता लिएर एनसिसी बैंकबाट घर फर्किने क्रममा बाँझो गोठमा रातभर बलात्कार गरिएको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो ।

उहाँको छाती, गाला र शरिरका विभिन्न भागमा स–साना घाउ भएका छन्। रातभरी बलात्कार गरेर बिहान ३ बजे छोडेर गएको र त्यसपछि मात्र आफूले लुगा लगाउन पाएको उहाँले बताउनुभयो । प्रहरीका अनुसार घटना घटेको झण्डै दुई साता भइसकेको छ । तर बलात्कारपछि महिलालाई ज्यान मार्ने धम्की पनि दिइएकाले ढिलो गरी घटना सार्वजनिक भएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?