दोगडाकेदारको वडा नम्बर ६ र १ मा एमालेको बैठक, विभिन्न दलबाट २२ जना प्रवेस

दार्चुला । नेकपा एमाले दोगडाकेदार गाउँपालिका वडा नम्बर ६ सित्तडको वडा कमिटीको विस्तारित बैठक सम्पन्न भएको छ । नेकपा एमाले दोगडाकेदार गाउँपालिका अन्तरगत वडा नम्बर ६ को वडा कमिटीको बिस्तारित बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको हो ।

यस्तै विभिन्न पार्टी परित्याग गरि शुक्रबार १० जनाले नेकपा एमालेमा प्रबेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरुमा रियल सिंह काकी, दिपा भण्डारी, देबकी जोशी,कमला गोयला, जानकी जोशी, देबराम लुहार रहेका छन् । यस्तै नेपाली काङ्ग्रेस परित्याग गरि जानकी भण्डारी, लाल सिंह नगारी, नवराज जोशी, गणेश लुहार पनि एमालेमा प्रबेश गरेका नेकपा एमाले गाउँपालिका कमिटी अध्यक्ष काशी सिह विष्टले जानकारी दिनुभयो ।

यस्तै बिहीबार नेकपा एमालेले वडा नम्बर १ रिमको वडा कमिटी बैठक सम्पन्न गरेको छ । विस्तारित बैठकमा विभिन्न पार्टी परित्याग गरी १२ जनाले एमाले प्रवेश गरेको अध्यक्ष बिष्टले बताउनुभयो । नव प्रवेशीहरुलाई बैठकका प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी सचिव तथा दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले अबिर तथा खादा ओढाएर सम्मान तथा स्वागत गर्नुभएको थियो । बैठकमा वडा कमिटीको आगामी कार्यदिशा बारे पनि छलफल भएको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?