दार्चुला । नेता कमल थापाले आज शनिबाार राप्रपा नेपाल पार्टीको औपचारिक रुपमा घोषणा गर्नुहुने भएको छ ।
७२ औं प्रजातन्त्र दिवसको अवसर पारेर शनिबार उहाँले आफ्नै अध्यक्षतामा राप्रपा नेपालको घोषणा गर्न लाग्नुभएको हो । उहाँले पार्टी घोषणा गर्नुअघि आफूले विगतमा साथ दिएका नेता तथा कार्यकर्तालाई राप्रपा नेपालमा आउन समेत आह्वान गर्नुभएको छ ।
काठमाडौंको राष्ट्रिय सभा गृहमा शनिबार साढे ११ बजे राप्रपा पार्टी नेपालको औपचारिक रुपमा घोषणा गर्ने तयारी भएको बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया