दार्चुला। दार्चुलाको शैल्यशिखर नगरपालिका–६ पनेबाँजमा एक पुरुषको मिलको फित्तामा बेरिएर ज्यान गएको छ । गहु, मकै पिसानीका लागि सञ्चालन गरेको आफ्नै मिलको फित्तममा बेरिएर शैल्यशिखर नगरपालिका–६ का ५० बर्षीय धनसिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी, निमित्त प्रमुख एबं प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिनुभयो ।
आइतबार बिहान ९ बजेतिर आफ्नै मिलमा अन्न पिस्ने बेला मिलको फित्तामा बेरिएर धामीको ज्यान गएको उहाँले बताउनुभयो । इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक नारायणसिंह बिष्टको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको छ, प्रहरी निरीक्षक विश्वकर्माले भन्नुभयो, गहुँ पिस्ने बेला आफ्नै मिलको फित्तामा बेरिएर घटनास्थलमै मृत्यु भएको जानकारी आएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया