बैतडीमा विद्यार्थी बोकेको टिपर दुर्घटना

दार्चुला । बैतडीमा टिप्पर दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ । गुरुडा देखि पाटनतर्फ आइरहेको बा ३ ख ४८७९ नं को टिप्पर दुर्घटना हुदा दुई बिद्यार्थी र एक जना स्थानीय सहित ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता एबम प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो ।

मृत्यु हुनेमा पाटन ३ का ४५ वर्षीय जनक राज पन्त, पाटन ३ कै १२ वर्षीय ज्ञानु बिष्ट र १७ वर्षीय ललित अवस्थी रहेका छन् । ४५ वर्षीय पन्त टिप्परमा काठ लोड गर्न जादै गरेका थिए भने बिष्ट र अवस्थी सिगास माध्यमिक बिधालयमा अध्ययनरत बिधार्थि हुन । ९ जना सवार टिप्पर दुर्घटनामा पर्दा अन्य ६ जना घाइते भएका छन् ।

घाइतेलाई उपचारको लागी पाटन प्रथमीक स्वस्थ्य केन्द्र र डडेल्धुरा पठाएको प्रबक्ता खडकाले बताउनुभयो । टिप्पर सडकबाट करीब ५०० मिटर तल खसेको जनाइएको छ । घटना के कति कारणले भयो भन्ने बारे नखुलेको र चालक भने फरार रहेका प्रहरी निरीक्षक खड्काले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?