टिप्पर दुर्घटना अपडेटः चार जनाको मृत्यु, चार घाइते

दार्चुला । बैतडीको पाटन नगरपालिका ३ झालीमालीमा टिप्पर दुर्घटना हुदा तीन बिद्यार्थीसहित चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सिगास मावि गौरीशंकर पोखरीका बिद्यार्थी बोकेर पाटन नगरपालिका ३ को धुरातर्फ काठ लोड गर्न गइरहेको बा ३ ख ४८७९ नम्बरको टिप्पर दुर्घटना हुदा चार जनाको मृत्यु भएको हो ।

पाटन नगरपालिका वडा नम्बर ३ का ४५ वर्षीय जनक राज पन्त, सिगास माविमा अध्यानरत पाटन ३ कै १२ वर्षीय ज्ञानु बिष्ट, १७ वर्षीय ललित अवस्थी र १२ वर्षीय राजेश प्रसाद पन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । दुर्घटनामा परी चारजना घाइते भएका छन् ।

पाटन ३ कै १२ वर्षीय सुनिल भट्ट, १२ वर्षीय अमित बिष्ट, १३ वर्षीय सुदिप पन्त घाइते रहेको र अर्का एक घाइते बिद्यार्थीको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?