दार्चुला । नौगाड गाउँपालिका वडा नम्बर ४ को कार्यालयमा तालबन्दी गरिएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत मनोमानी रुपमा छनौट प्रकृया गर्ने गरेको भन्दै स्थानीयहरुले सोमबार तालाबन्दी गरेको स्थानीय वीर बहादुर ठगुन्नाले जानकारी दिनुभयो ।
वडा भित्रका कुनै परिवारबाट दुई दुई जना स्वरोजगार कार्यक्रममा समेटिएको तर उहीँ आयस्रोत भएको परिवारमध्येबाट एक जना पनि नसमेटिएको भन्दै आफूहरुले तालाबन्दी गरेको अर्का स्थानीय गोमती बडालको भनाई छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम लागू भएको ४ वर्ष भयो, हामीले स्वरोजगार कार्यक्रम अन्तर्गत लगातार फारम भर्दा समेत नाम नआउने गरेको अर्का स्थानीय बसन्ती ठगुन्नाको भनाई छ ।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा छनौट प्रकृया सन्तोषजनक नभएकाले रोजगार संयोजक आएर यो प्रकृयाको समाधान नगरुन्जेलसम्म आफूहरुले वडा कार्यालयमा लगाएको तालाबन्दी नखुलाउने र थप संघर्षका कार्यक्रमहरु गर्ने स्थानीयहरुको भनाई छ ।
यो विषयमा रेडियो लोकदर्पणसंग कुराकानी गर्दै वडाअध्यक्ष नन्दनसिह धामीले भने चुनावको मुखमा आएर राजनीतिक पुर्वाग्रहका आधारमा तालाबन्दी गरिएको र नियमभन्दा बाहिर गएर आफुहरुले काम नगरेको बताउनुभएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया