केपी ओली र माधव नेपालसँग चिनियाँ नेताको भिडियो सम्वाद

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेताहरुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सम्वाद गरेका छन् ।

अमेरिकी सहयोग परियोजना एमसीसीबारे चर्को बहस भइरहेका बेला सीपीसीका विदेश विभाग प्रमुख सङ ताओले एमाले अध्यक्ष ओली र विदेश विभाग उपप्रमुख चेन झाओले एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग भिडियो सम्वाद गरेका छन् । भिडियो सम्वादका क्रममा नेपाल चीन सम्बन्धबारे कुराकानी भएको चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले जनाएको छ ।

सम्वादका क्रममा सीपीसीका अधिकारीहरुले नेपाली जनताले आफ्नो विकासको बाटो आफैं तय गर्ने कुरामा चीनको सधैं साथ रहने बताएका छन् । साथै बेल्ट एण्ड रोडले दुई देशको सहकार्य अझ बलियो हुने विश्वास व्यक्त गरेको सीपीसीको विदेश विभागले जनाएको छ ।  अनलाइनखबर

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?