दार्चुला । बैतडी जिल्ला डिलासैनी गाउँपालिकाको केन्द्र विवाद सल्टिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (सचिवस्तर) ले निर्णय गर्दै पालिका केन्द्र धामीगाउँबाट नै सञ्चालनका लागि पत्रचार समेत गरेको छ ।
तत्कालिन समयमा वडा नम्बर ७ धामीगाउँनै केन्द्र हुने निर्णय भएपनि जननिर्वाचित केही प्रतिनिधि र केही राजनीतिक दलका नेताहरुको व्यक्तिगत स्वार्थ अनुरुप वडा नम्बर ३ मा सम्पर्क कार्यालय स्थापना गरी कामकाज हुँदै आएको थियो ।
पछि सिमित नेता र जनप्रतिनिधिहरुले सम्पर्क कार्यालयलाई नै केन्द्र बनाउन सरकारलाई प्रस्ताव गरेको थियो । सो प्रस्ताव २०७७ मंसिर २१ गतेको मन्त्रिपरिषद्मा पेश भएको थियो । तर पछि २०७८ साल जेठ ३१ गते सरकार परिवर्तन भएपछि उक्त प्रस्ताव फिर्ता भएको थियो ।
सरकारबाट केन्द्र हेरफेर सम्बन्धि कुनै निर्णय नै नभएकाले पालिकाको वडा नम्बर ७ साविकको डिलानैनी गाविस रहेको भवनबाट सञ्चालन गर्न गर्न निर्णय भएको मन्त्रालयका शाखा अधिकृत केशवराज पार्धेले बताउनुभयो ।
निर्णयसँगै यसअघि सम्पर्क कार्यालयको नामबाट सञ्चालन भइरहेको कामहरु अब केन्द्र रहेको स्थान डिलासैनी ७ बाट नै सञ्चालन हुनेछन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया