दार्चुला । नेकपा एमालेका नेता भीम रावलले अमेरिकी परियोजना एमसिसी पारित गर्नु राष्ट्रघाती हुने बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता रावलले भन्नुभयो, ‘एमसिसी जस्तो सम्झौता होहल्लाका बीच प्रस्तुत गर्नु आपत्तिजनक छ। राजनीतिक दलको सत्ता स्वार्थ र गुटबन्दी र दम्भको लागि राष्ट्रघाती सम्झौता पारित गर्न लाग्दा जनताले हेरिरहेका छन्।’
उहाले एमसिसी अस्वीकार गर्न आह्वान गरेका छन्। सम्झौताको राष्ट्रहितविरोधी बुँदा भएकाले अनुमोदन गर्न नहुने बताउनुभयो । एमसीसी सम्झौता अनुमोदन भए नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाधीनतामा प्रहार उहाको भनाइ छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया