दार्चुला । एमसीसी सम्झौता सदनबाट अनुमोदन भएसंगै त्यसको विरोधमा आज नेपाल बन्द गरिएको छ । नेपाल बन्दको प्रभाव दार्चुलामा पनि परेको छ । बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा आउन नसकेका यातायात व्यवसायीले बताएका छन् ।
दार्चुलाबाट सञ्चालन हुने लामो तथा छोटो दुरीका सबै यातायातका साधन बन्द रहेका छन् । संसदबाट एमसीसी अनुमोदन भएसंगै ६ ओटा कम्युनिष्ट पार्टी र २ ओटा मोर्चाले संयुक्त रुपमा नेपाल बन्दको घोषणा गरेका हुन् ।
यसैबीच नेपाल बन्दका कारण यात्रुहरुलाई भने निकै समस्या भएको छ । बन्दका कारण यात्रुहरु अलपत्र परेका छन् । धनगढी तथा महेन्द्रनगरबाट दार्चुला सदरमुकामका लागि हिडेका गाडीहरु दार्चुलाको गोकुलेश्वरमा रोकिएका छन् ।
बन्दका कारण बिहानैदेखि गाडीहरु चल्न नपाउँदा यात्रुहरुको विचल्ली भएको स्थानीय सुरेश श्रेष्ठले बताउनुभयो । तराईका जिल्लाबाट आएका गाडीहरु गोकुलेश्वरमै रोकिएका उहाले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया