दार्चुला । सौताको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेकी बैतडीको दोगडाकेदार गाउँपालिका–२ मल्लागाउँकी ५५ वर्षीया नारु महरालाई कारागार चलान गरिएको छ ।
जिल्ला अदालत बैतडीले महरालाई पुर्पक्षका लागि कारागार चलान गरेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।
गत माघ १८ गते उनकी सौता ४० वर्षीया चन्द्रा महरा घर नजिकैको बाँझो घर मृत फेला परेकी थिइन् । त्यसपछि हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले उनलाई पक्राउ गरेको थियो । पक्राउ पछि उनले हत्यामा आफ्नो संलग्नता रहेको समेत स्वीकारेको प्रहरीले जनाएको छ ।
मृतक चन्द्राको घाँटी र मुखमा चोट थियो । नारुले घटनाअघि पनि चन्द्रालाई कुटपिट गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । उनीहरूको श्रीमानको यसअघि नै मृत्यु भइसकेको छ । मृतक चन्द्राका एक छोरा र एक छोरी छन् । ईमेजखबर
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया