एकै परिवारका पाँच जना मृत फेला

दार्चुला । ललितपुरमा एकै परिवारका पाँच जना मृत भेटिएका छन् । अर्का एक जना भने बेहोस छन्।

ललितपुरको कोञ्ज्योसोम गाउँपालिका(४ नल्लुकी काइली स्याङ्तान, उहाँकी बुहारी शुष्मा, नाति आशिष र नातिनी आश्मा र दुई दिनको शिशुको ज्यान गएको ललितपुर प्रहरीले जनाएको छ ।

बेहोस अवस्थामा भेटिएका एक जनाको उपचार भइरहेको छ । प्रहरी परिसर ललितपुरका अनुसार बिहान अबेरसम्म उनीहरु नउठेपछि छिमेकी घरमा हेर्न गएका थिए । तर, उनीहरु बेहोस अवस्थामा रहेको देखेपछि छिमेकीले प्रहरीमा खबर गरेका थिए । अहिले घटनास्थलमा प्रहरी पुगेको छ ।

घटना के कारणले भयो भन्नेबारे केही खुलेको छैन । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष गोपीलाल सिंतानले पनि घटना के कारणले भयो भन्नेबारे केही थाहा नभएको बताउनु भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?