नारी दिवस दार्चुला जिल्लाभरी मनाइयो (फोटोफिचर)

दार्चुला । ११२ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस (नारी दिवस) दार्चुलामा पनि मनाइएको छ । दिवसको अवसरमा जिल्ला सदरमुकाम खलंगादेखि गाउँघरसम्म समेत विभिन्न सचेतनामुलक कार्यक्रमको आयोजना गरिएको छ । जिल्ला सदरमुकाम खलंगास्थित छान्ना तिकंरी कन्या माबिमा एक कार्यक्रमको आयोजना गरि दिवस मनाइएको छ ।

मार्मा गाउँपालिका वडा नम्बर ५ गोल्फामा पनि विभिन्न कार्यक्रम गरि दिवस मनाइएको छ । उक्त कार्यक्रम मार्मा गाउँपालिकाको सहयोग र चारवटा समुह लालीगुराँस आमा समुह, सन्तोषी आमा समुह, दुर्गामाता आमा समुह र फुलबारी महिला समुहको सहकार्यमा आयोजना भएको थियो । मार्मा गाउँपालिका ५ गोल्फामा अवस्थित भूमिराज आवि गोल्फाको प्रांगणमा सम्पन्न कार्यक्रममा भाना डडालको अध्यक्षतामा, मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामीको प्रमुख आथित्यमा एवम् गाउँपालिका उपाध्यक्ष बागमती ठगुन्नाको विशिष्ट आतिथ्य रहेको थियो । कार्यक्रममा विभिन्न आमा समुहका तर्फबाट आफ्नो कलाहरु प्रस्तुत गरिएको थियो भने, पालिका उपाध्यक्ष बागमती ठगुन्नाले महिला शशक्तिकरणका लागि नारामा मात्रै सिमित नरहि अधिकारका लागि जुट्नुपर्नेमा जोड दिनुभएको थियो। छाउपडी, घरेलु हिँसा रहित समाज निर्माणमा सम्पूर्ण महिलाहरुको महत्वपूर्ण भूमिका रहने उहाँको भनाई छ ।

प्रमुख अतिथि एवम् गाउँपालिका अध्यक्ष जमनसिंह धामीले समृद्ध मार्माको अभियानमा मार्माली नारीहरुको अपार सहयोग रहेको कुरा उल्लेख गर्दै मानिसको जीवन विकास नै आमा नै भएकाले नारी सम्मान कुरामा सिमित नराखि व्यवहारमै लागु गर्नुपर्ने बताउनुभयो । कार्यक्रमका अध्यक्ष भावना डडालले महिला हिंसाको कारक महिला नै भएको र महिलाले पुरुषलाई दोष दिनुभन्दा पनि महिला शिक्षामा जोड दिनुपर्ने बताउनुभयो।

यसैबिच लेकम गाउँपालिका वडा नम्बर ३ स्थित प्रतिभा महिला सहकारी संस्थाको आयोजनामा ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा देउडा प्रतियोगिता, नृत्य र कविता प्रतियोगिताको आयोजना गरिएको संस्थाका अध्यक्ष हरिना विष्टले बताउनुभयो । कार्यक्रम संस्थाका अध्यक्ष हरिना विष्टको अध्यक्षतामा सञ्चालन गरिएको थियो। कार्यक्रममा लेकम गाउँपलिका उपाध्यक्ष माधवी जोशीको प्रमुख आतिथ्यता र कृष्ण माध्यमिक विद्यालय लालीका प्रधानाध्यापक कृष्ण राज जोशी, सिमा प्रहरी लालीका इन्चार्ज धुब्र्र बहादुर विष्ट, सशस्त्र विओपी लाली प्रहरी सहयक निरिक्षक नवराज भट्ट लगायतको आतिथ्यता रहेको थियो । देउडा, गायन र कविता प्रतियोगितामा प्रथम द्वितीय र तृतिय हुने महिला समूहलाई पुरस्कार कपडा भाडाकुडा प्रदान गरिएको संस्थाका अध्यक्ष हरिना विष्टले जानकारी दिनुभयो । महिलाहरुले एक दिन मात्र नभइ हरेक दिन अधिकार र सम्मान पाउनुपर्नेमा कार्यक्रमका सहभागिले जोड दिएका थिए ।
नारी पुरुष सराबरी, सधैँ भरि बराबरी

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?