कोरोनाको पूर्ण खोप लगाएकाले अब पीसीआर टेस्ट गर्न नपर्ने

दार्चुला । स्वास्थ्य मन्त्रालयले कोभिड–१९ संक्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिहरूलाई स्वास्थ्य उपचारका लागि पीसीआर टेस्ट अनिवार्य नगराउन सम्बन्धित सबै स्वास्थ्य संस्था तथा अस्पतालहरूलाई निर्देशन दिएको छ ।

मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार अब उपचारका लागि अस्पताल जाँदा कोभिड–१९ संक्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिहरूलाई पीसीआर टेस्ट अनिवार्य हुने छैन ।

यसअघि, अस्पतालमा अपरेशन लगायत भर्ना हुनका लागि पीसीआर अनिवार्य चाहिन्थ्यो ।

मन्त्रालयका अनुसार नेपालमा कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप मात्रै १५ लाख बढीले लगाएका छन् । बुस्टर डोज खोप पूर्ण मात्रा खोप लगाएको ६ महिनापछि अनिवार्य रुपमा लगाउन मन्त्रालयले आग्रह गरेको छ ।

यस्तै, नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरू भएको १४ महिनासम्ममा कुल जनसंख्याको ६२.९ प्रतिशतले खोपले लगाइसकेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?