कांग्रेश नेता मदन गिरी प्रदेश समिति सदस्यमा मनोनयन

दार्चुला । नेपाली कांग्रेश दार्चुलाका नेता मदन गिरीलाई कांग्रेशको सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्यमा मनोनयन गरिएको छ । नेपाली कांग्रेशको विधानको धारा १३ को उपधारा ६ अनुसार नेता गिरीलाई नेपाली कांग्रेश सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य पदमा मनोनित गरिएको हो ।

फागुन २७ गते कांग्रेशका प्रदेश कार्यसमिति सभापति बिरबहादुर बलायरले गिरीलाई प्रदेश कार्यसमिति सदस्यमा मनोनित गर्नुभएको हो । २०३६ सालदेखि कांग्रेशको राजनीतिमा सक्रिय नेता गिरी पार्टीको विभिन्न जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । २०७८ सालको जिल्ला अधिवेसनबाट महाधिवेसन प्रतिनिधिमा पराजित भएपछि नेता गिरीप्रति पार्टीले सम्मान गर्न नसकेको भन्दै आलोचना भइरहेको थियो ।

२०३६ देखि नेपाल बिध्यार्थी संघमा आबद्ध नेता गिरीले २०४२ सालको सत्याग्रहमा कंचनपुरमा भाग लिनुभएको थियो । २०४४ देखि २०४७ सम्म ने.बि संघ दार्चुलाको अध्यक्ष, २०४६ सालको जनआन्दोलनमा कंचनपुरमा भाग लियी जेल परेको, २०४७ सालमा नेपाली कांग्रेसको सह सचिव भइ दार्चुला जिल्लाको कांग्रेस राजनीति मा संलग्न, २०४९ को स्थानीय निर्वाचनमा जिल्ला बिकास समिति सदस्य निर्बाचित, २०६२ ६३ को जनआन्दोलनमा दार्चुला जिल्लको जनआन्दोलन परिचालन समिति सदस्य, पटकपटक २०४८ देखि २०७४ सम्म महा अधिबेशन र महासमिति सदस्य रहनुभएका नेता गिरी २०७४ सालको प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेस बाट दार्चुला प्रदेससभा क्षेत्र नम्बर क बाट निर्वाचन लड्नुभएको थियो ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?