दार्चुला । बैतडीमा कालाजार संक्रमण देखापरेको छ ।
जिल्लाको दोगडाकेदार गाउँपालिका–५ गोबडाका ३७ वर्षीया एक महिलामा कालाजार पुष्टि भएको हो ।
धनगढीमा उपचार गराउने क्रममा ती महिलामा कालाजार पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य कार्यलयले जनाएको छ ।
महिलालाई कालाजार देखिएपछि छेउछाउका २१ जनाको नमुना संकलन गरेर परीक्षण गरिए पनि उनीहरुको रिपोर्ट नेगेटिभ आएको छ । कालाजार भए नभएको रगत परीक्षणबाट थाहा हुन्छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया