घाँटिमा गलबन्दी बेरिएर दार्चुलामा एक बालिकाको ज्यान गयो

दार्चुला । घाँटिमा गलबन्दी बेरिएर बिहीबार दार्चुलामा एक बालिकाको ज्यान गएको छ । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ४ बांगाबगडस्थित आफ्नै कोठाको झ्यालमा खेल्ने क्रममा गलबन्दी घाँटीमा अडिएर १० वर्षीया जेनिसा कार्कीको मृत्यु भएको हो ।

गलबन्दीको पासो घाँटीमा अडकिएको अवस्थामा उहाँकी आमाले देखेपछि तत्काल फुकाली जिल्ला अस्पताल पठाइएको र उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?