स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता बैशाख ११ र १२ गते

दार्चुला। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ताको तालिका सार्वजनिक गरेको छ ।

आयोगले शुक्रबार पारित गरेको निर्वाचत कार्यक्रम अनुसार स्थानीय तहको निर्वाचनका लागि बैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ ।

आयोगले निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको हो । उजरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर १५ वैशाखमा उम्मेदवारको नाम सार्वजनिक गर्ने आयोगले जनाएको छ । उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गते समय दिइने छ । त्यही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिनेछ भने १७ गते चुनाव चिन्ह प्रदान गरिने छ ।

बैैशाख ३० गते विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । त्यसको ४८ घण्टाअघि अर्थात वैशाख २७ गते मध्यरातदेदि मौन अवधि लागू हुने छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?