खडक धामी, दार्चुला । जनजनमा एमाले मनमनमा एमाले अभियान अन्तर्गत शनिबार महाकाली नगरपालिका वडा नम्बर ८ मा घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रम गरिएको छ । वडा कमिटी अध्यक्ष भुवन धामीको अध्यक्षता र नेकपा एमाले जिल्ला कमिटी दार्चुलाका सचिव शेर सिह धामीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा नेकपा एमाले महाकाली नगरकमिटी अध्यक्ष नर सिह चैसिर लगायत एमाले नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाली कांग्रेबाट २०५४ सालमा साविकको वडा नम्बर ३ बाट वडा सदस्यमा निर्वाचित हरि दत्त जोशी सहित १० जनाले एमालेमा प्रवेश गरेको एमाले नगर कमिटी अध्यक्ष नर सिह चैसिरले बताउनुभयो । पार्टी प्रवेश गर्नेहरुमा धनन्जय जोशी, धर्मराज भट्ट, चन्द्र बहादुर पाल, वीर बहादुर बम, हरि सिह खत्री, काशी दत्त जोशी, देव दत्त भट्ट र अम्बादत्त बडू लगायतले नेपाली कांग्रेस पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेको उहाँले बताउनुभयो ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया