अपिहिमालमा प्रशासकीय भवन बनाउन हेलिकोप्टरमार्फत मिक्चर मेसिन र जेनेरेटर ढुवानी

दार्चुला । दार्चुलाको दुर्गम स्थानीय तह अपिहिमाल गाउँपालिकामा प्रशासकीय भवन निर्माणका लागि मिक्चर मेसिन, जेनेरेटर लगायत सामाग्री हेलिकोप्टरमार्फत ढुवानी गरिएको छ । गाउँपालिकाको केन्द्रसम्म सडक नपुग्दा हेलिकोप्टरमार्फत सामाग्री ढुवानी गरिएको हो ।

प्रशासकीय भवन निर्माणका लागि मिक्चर मेसिन, जेनेरेटर, तेल लगायत सामाग्री हेलिकोप्टरमार्फत ढुवानी गरिएको निर्माणको जिम्मा पाएका कमलेशसिंह मन्यालले जानकारी दिनुभयो । ट्रकमार्फत मार्मा गाउँपालिकाको केन्द्र लटिनाथसम्म मिक्चर र जेनेरेटर ढुवानी गरेका थियौँ, उहाँले भन्नुभयो, लटिनाथदेखि भवन निर्माणस्थलसम्म शनिबार सिम्रिक एयरको हेलिकोप्टरमार्फत पुर्याइएको हो । भवन निर्माणका लागि सरिया, सिमेन्ट लगायत निर्माण सामाग्री यसअघि नै निर्माणस्थलमा पुर्याइसकेको मन्यालले बताउनुभयो । अपिहिमाल गाउँपालिका–४ नौपाटामा तीन तलाको २६ कोठे प्रशासकीय भवन निर्माण गर्न सात करोड ४० लाख बजेटमा ठेक्का भएको छ ।

दुई बर्षभित्र निर्माणको काम सम्पन्न गर्ने गरी गत मंसिरमा धनगढीको रबिना प्रशंसा एलबी एभि एण्ड जेभी कन्सट्रक्सनसंग सम्झौता भएको अपिहिमाल गाउँपालिकाले जनाएको छ । भवन निर्माणका लागि खलाइको काम सम्पन्न भइसकेको र निर्माण सामाग्री समेत पुगिसकेकोले तिब्रताका साथ काम अघि बढाउने तयारी रहेको निर्माणको जिम्मा पाएका कमलेश मन्यालले बताउनुभयो ।

अपिहिमाल गाउँपालिकाको वडा नम्बर ५ मकरीगाडबाहेक सबै वडामा सडक पुगेको छैन् । सडक अभावका कारण खाद्यान्न, निर्माण सामाग्री ढुवानी गर्न, यात्रा गर्न र बिरामीहरुलाई अस्पताल पुर्याउन समेत निकै सास्ती भोग्नुपरेको स्थानीय बताउछन् । अपिहिमालमा सडक नपुगेकै कारण अन्य विकास निर्माणका कामहरु समेत प्रभावित भएका छन् । लामो पैदल यात्रा गर्नुपर्ने र मजदुर र खच्चरको भरमा ढुवानी गर्नुपर्ने भएकोले महगिं समेत अत्यधिक हुने गरेको छ ।

तीन महिनाका लागि समेत स्थानीय उत्पादनले नपुग्ने र यातायातको समेत पहुँच नहुदा खाद्यान्न अभाव लगायत विभिन्न समस्या भोग्नुपरेको स्थानीय बताउछन् । अपिहिमालका स्थानीयहरुले फलफुल, दलहन खेती, जडिबुडी संकलन र व्यापार व्यवसाय लगायत काम गरेर जीविकोपार्जन गर्दै आएका छन् ।

सायद घरबाहिर को तस्बिर हुनसक्छ

सायद घरबाहिर को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?