दार्चुला । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका वडा नं १० भाटाला भन्ने स्थानमा गएराती साढे आठबजेतिर ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो ।
मौरादेखि भाटालातर्फ आउँदै गरेको सु.प.प्र.०१००२ त ५५९८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक बर्दियाको ठाकुरद्वारा नगरपालिका वडा नं ५ का ३२ बर्षीय अर्जुन थारु मृत्यु भएको प्रहरी निरीक्षक खड्काले बताउनुभयो ।
ट्याक्टर दुर्घटनामा गम्भीर घाइते भएका उनलाई जिल्ला अस्पातल पुर्याउँदा मृत घोषणा गरिएको थियो । ट्याक्टर सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया