बैतडीमा नाबालिकामाथि बलात्कार गरेको आरोपमा डडेल्धुराका दुई युवा पक्राउ

दार्चुला । बैतडीमा नाबालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको शिवनाथ गाउँपालिकाकी १४ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा डडेल्धुराको अमरगढी नगरपालिका–५ का २५ बर्षीय महेश तामाङ र २८ बर्षीय गोपाल गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो ।

उहाँका अनुसार तामाङले बालिकालाई बलात्कार गरेको स्वीकार गरेका छन् । ‘चैत ४ गते साँझ बालिका जंगलमा घास काट्न गएको मौका छोपेर तामाङले बलात्कार गरेको रहेछ,’ उनले भने, ‘गुरुङले सहयोगी भुमिका खेलेको अनुसन्धानबाट खुलेको छ ।’

दुबै जनालाई प्रहरीले चैत ४ गतेनै पक्राउ गरेको थियो । उनीहरु बिरुद्ध जबरजस्ती करणीमा मुद्दा दर्ता भएको छ । अदालतबाट म्याद थपेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । गुरुङ र तामाङ सडक निर्माणको काम गर्न बैतडी आएका थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?