बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

दार्चुला । बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । आइतबार साँझ पाटनबाट सुर्नया तर्फ आउँदै गरेको से १ ख १२४२ नम्बरको मिनी ट्रक पाटन नजिकै सडकमा पल्टिएको हो ।

मिनी ट्रक पल्टिँदा ६ जना घाइते भएका र ६ जना मध्ये एकजनाको उपचारका लागि डडेल्धुरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताउनुभयो । सुर्नया गाउँपालिका ३ का २५ बर्षीया दुर्गा चन्दको मृत्यु भएको उहाँले बताउनुभयो ।

त्यस्तै दुर्घटनामा परेर सुर्नया गाउँपालिका ३ का ३५ बर्षीया माधवी चन्द, ३५बर्षीया वसन्ती भट्ट र ३३ बर्षीया कलावती भट्ट घाइते भएका छन् । उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ ।

यस्तै समान्य घाइते भएका सुर्नया ३ कै २८ बर्षीया निर्मला चन्द र ३३ बर्षीया पार्वती बिष्ट पाटनमा उपचार पछि घर फर्किएका प्रहरी निरीक्षक शाहीले बताउनुभयो ।

घर पोत्नका लागि रातो माटो ल्याउन उनीहरु पाटन गएका बुझिएको छ । ट्रक चालक पाटन ४ का विरेन्द्र खत्री फरार रहेका र उहाँको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?