दार्चुला। चिनियाँ विदेशमन्त्री वाङ यी चैत ११ गते नेपाल भ्रमणमा आउने निश्चित भएको छ । परराष्ट्र मन्त्री नारायण खड्काको निमन्त्रणामा विदेशमन्त्री वाङ नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।नेपाल भ्रमणका क्रममा विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने मन्त्रालय स्रोतले जनाएको छ ।
यस्तै परराष्ट्रमन्त्री खड्कासँग १२ गते दुई पक्षीय भेटवार्ता पनि हुनेछ ।
भ्रमणका क्रममा वाङले पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्ने तय भएको छ । विदेशमन्त्री वाङ १३ गते स्वदेश फर्किनुहुनेछ ।
नेपालको संसदबाट एमसीसी पारित भएपछि हुन लागेको चिनियाँ विदेशमन्त्रीको भ्रमणलाई महत्वका साथ हेरिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया