बैतडीमा स्थानीय तहको निर्वाचनका लागि १५ दल दर्ता

बैतडी । आगामी स्थानीय तहको निर्वाचनका लागि बैतडीमा १५ ओटा दल दर्ता भएका छन् । निर्वाचन आयोगको कार्यतालिका अनुसार चैत ६ गते सम्म दल दर्ता गर्ने समय राखिएको र सो भित्र जिल्लामा १५ ओटा दल दर्ता भएका जिल्ला निर्वाचन अधिकारी माधव फुयालले जानकारी दिएनुभयो।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा बैतडीमा ११ दल दर्ता भएका थिए भने वैशाख ३० गते हुने चुनावका लागि १५ ओटा दल दर्ता भएका छन् ।

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, राप्रपा नेपाल र जनसमाजवादी पार्टी नेपाल निर्वाचन कार्यालयमा दर्ता भएका छन् ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी (समाजवादी), जनसमाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी नेपाल, मौलिक जरोकिलो पार्टी, नेपाली कांग्रेस (विपी), नेपाल परिवार दल र नेपालका लागि नेपाली पार्टी पनि दर्ता भएका निर्वाचन अधिकारी फुयालले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?