दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा नेकपा एमालेको पहिलो चुनावी आमसभा सम्पन्न भएको छ । एमाले पोलिटब्युरो सदस्य, सुदूरपश्चिम सहइन्चार्ज एबं दार्चुलाबाट निर्वाचित सासंद गणेशसिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वरस्थित खेलमैदानमा आमसभा सम्पन्न भएको हो ।
आमसभामा नेपाली कांग्रेश दार्चुलाका पूर्व जिल्ला कार्यसमिति आमन्त्रित सदस्य मदनसिंह धामी सहित नेपाली कांग्रेश र नेकपा माओबादी केन्द्रबाट १६५ जनाले नेकपा एमालेमा प्रवेस गरेका छन् । नवप्रवेशी सबैलाई एमाले पोलिटब्युरो सदस्य ठगुन्नासहित नेताहरुले स्वागत गरेका छन् । आमसभालाई सम्बोधन गर्दै नेता ठगुन्नाले अगामी स्थानीय, प्रदेश र संघको चुनावबाट देशमा नेकपा एमालेको सरकार बन्ने बताउनुभयो । जनताको पार्टी नेकपा एमालेमा अहिले जनलहर देखिएको उल्लेख गर्दै नेता ठगुन्नाले निर्वाचनमा एमालेको जित सुनिश्चित रहेको दाबी गर्नुभयो ।
शैल्यशिखर नगरपालिका भ्रष्टाचारको आखडा बनेको बताउदै नेता ठगुन्नाले एमाले नेतृत्वको सरकार आएपछि भ्रष्टहरुलाई कार्वाही हुने धारणा राख्नुभयो । एमाले नेतृत्वको सरकारले शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा जस्ता जनमुखी कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्ने नेता ठगुन्नाको भनाई छ । शैल्यशिखर नगरपालिकास्तरीय आमसभा कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्यहरु, जिल्ला कमिटी पदाधिकारी लगायत नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

नेता ठगुन्नाले आमसभामा गरेको सम्बोधन शुक्रबार (भोली) लोकदर्पण टिभी युट्युब च्यानलमार्फत हेर्न र सुन्न सक्नुहुनेछ । भोलि शुक्रबार मार्मा गाउँपालिकाको लटिनाथमा एमालेले आमसभाको आयोजना गर्ने तयारी गरेको जनाएको छ ।





विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया