लेकमका प्रमुख प्रशासकीय अधिकृत ठगुन्नाको स्वागत

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरबहादुर ठगुन्नाको स्वागत गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को (४) बमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरित्त समुहमा दरबन्दी कायम राखि शाखा अधिकृत ठगुन्नालाई कामकाजका लागि चैत १ गते लेकम गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारीमा पठाइएपछि अधिकृत ठगुन्ना चैत ४ गते कार्यालयमा हाजिर हुनुभएको थियो ।

गाउँपालिकाले शुक्रबार (हिजो) एक कार्यक्रमको आयोजना गरि प्रमुख प्रशासकीय अधिकृत ठगुन्नालाई गाउँपालिकामा स्वागत गरेको हो । गाउँपालिका अध्यक्ष परमानन्द जोशीको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष माधवी जोशीको प्रमुख आतिथ्यता रहेको थियो । अधिकृत ठगुन्नालाई लेकम गाउँपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायणदत्त भट्ट लगायत कर्मचारी र जनप्रतिनिधिले स्वागत गरेको लेखा अधिकृत ममता बिष्टले जानकारी दिनुभयो ।

अधिकृत ठगुन्नालाई यहि चैत १ गते मन्त्रायलले दार्चुलाको लेकम गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सहित नियुक्ती प्रदान गरेको थियो । तर कानून मन्त्री दिलेन्द्रप्रसाद बडूको दबाबमा मन्त्रालयले चैत ४ गते नै अधिकृत ठगुन्नाको पदस्थापन संसोधन गरि जिल्ला समन्वय समिति दार्चुलामा कायम गरिएको पत्र पठाएपछि मन्त्रालय र मन्त्री बडूको आलोचना समेत भइरहेको छ ।

स्वागत कार्यक्रममा अधिकृत ठगुन्नाले लेकम बसाइको क्रममा सबैको समन्वय र सहयोग प्राप्त गर्ने विश्वास व्यक्त गर्दै राम्रो काम गर्न प्रयासरत रहने धारणा राख्नुभयो । अधिकृत भइसकेपछि कार्यालय प्रमुखको रुपमा लेकम गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएको उल्लेख गर्दै उहाँले दुर्गममा बसेर काम गर्ने आफ्नो चाहाना अनुसार नै मन्त्रालयले खटाएको र लेकम बसाइको क्रममा कानुनसम्मत ढंगले जनताको सेवा गर्ने बताउनुभयो ।

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?