डिएसपी भट्टको बाँके सरुवा भएपछि दार्चुलाबाट विदाई, बिष्ट दार्चुला आउदै

दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक डिएसपी मनोहरप्रसाद भट्टको बाँके काज सरुवा भएपछि दार्चुलाबाट विदाई गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलामा एक कार्यक्रमको आयोजना गरि डिएसपी भट्टको शुक्रबार विदाई गरिएको हो । गत बर्षको फागुनदेखि दार्चुलाको प्रहरी प्रमुखको रुपमा कार्यभार सम्हालेका भट्टको झण्डै १४ महिनामा जिल्ला प्रहरी कार्यालय बाँकेमा काज सरुवा भएको हो । डीएसपी भट्ट संगै नेपाल प्रहरीका २५ जना डीएसपीहरुको काज सरुवा भएको गृह मन्त्रालय स्रोतले बताएको छ ।

दार्चुलाका प्रहरी प्रमुख भट्टको सरुवा भएसंगै जिल्लाको नयाँ प्रहरी प्रमुखको जिम्मेवारीमा मधेश प्रदेशस्थित प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर, धनुषाबाट प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रतिक बिष्ट दार्चुला आउनलाग्नुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?