दार्चुलामा भिरबाट लडेर पुरुषको ज्यान गयो

दार्चुला । दार्चुलामा भिरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ। मार्मा गाउँपालिका–३ रिल बसेडीका ५७ वर्षीय मोहन सिंह विस्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

सिँचाइका लागि कुलोमा पानी लगाउन जाने क्रममा भ्याल्ले छहरा भन्ने स्थानमा उनी भिरबाट लडेर घाइते भएका थिए। करिब १५० मिटर तल खसेका उनको उपचारका लागि लग्दै गर्दा मृत्यु भएको दार्चुला प्रहरीले बताएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?