सर्लाहीमा पुलबाट बस खस्दा ४ जनाको मृत्यु

दार्चुला। सर्लाही पूर्व–पश्चिम राजमार्ग अन्तर्गत फुलजोर खोलाको पुलबाट बस खस्दा ४ जनाको मृत्यु भएको छ ।

त्यस्तै ३० जना भन्दा बढी घाइते भएका छन् । मृतक ४ जनाको शव पोष्टमार्टमका लागि मलंगवा पठाईएको र घाइतेहरुको लालबन्दी र रानीगंजस्थित स्वास्थ्यकेन्द्रमा उपचार भईरहेको छ ।

वीरगंजबाट जनकपुरतर्फ जाँदै गरेको ना. ४ ख ८५५५ नम्बरको यात्रुबस आइतबार बिहान ११ बजे पुलबाट तल खसेको हो।तत्काल घाइतेको उद्दारगरि उपचार गराउनु पर्ने भएकाले मृतक र घाइतेको एकिन विवरण केही समयपछि मात्र आउने प्रहरीले जनाएको छ ।

बसको चक्का पड्किएर अनियन्त्रित भई पुलबाट तल खसेको बताईएपनि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?