दार्चुलामा कोमलप्रशाद आर्चाय निर्वाचन अधिकृत, सुदूरपश्चिमका अन्य जिल्लामा को ?

दार्चुला । दार्चुलामा कोमलप्रशाद आर्चाय मुख्य निर्वाचन अधिकृत तोकिनुभएको छ । निर्वाचन आयोगले जिल्ला अदालत दार्चुलाका न्यायधीस आचार्यलाई वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकेको हो।

यस्तै बैतडीमा तिलकबहादुर कार्की, बझाँङमा बिष्णुप्रसाद अवस्थी, डोटीमा विदुर काफ्ले, डडेल्धुरामा हरिप्रशाद शर्मा, बाजुरामा माधव प्रसाद घिमीरे, अछाममा नवीन कुमार जोशी, कञ्चनपुरमा न्यायधीस मदनबहादुर धामी र कैलालीमा जयानन्द पनेरु मुख्य निर्वाचन अधिकृत तोकिनुभएको छ । २०७९ वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत स्तरका कर्मचारीलाई मिति २०७८ चैत २९ देखि लागु हुने गरी निर्वाचन अधिकृत नियुक्त गरिएको आयोगले जनाएको छ। निर्वाचन सञ्चालन र व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी निर्वाचन अधिकृतको हुनेछ।

निर्वाचन कार्यक्रम अनुरुप उम्मेदवारको मनोनयन दर्ता, मनोनयनउपर उजुरी लिने, उजुरीउपर छानबिन गर्ने, उम्मेदवारको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, निर्वाचन चिह्न दिने, आचारसंहिताको पालना गराउने, मतदानका लागि कर्मचारी खटाउने, मतदान र मतगणना गराउने, आफ्नो क्षेत्रको निर्वाचन विवाद निरुपण गर्ने तथा निर्वाचन परिणाम प्रकाशन गरी आयोगमा प्रतिवेदन बुझाउने निर्वाचन अधिकृतको मुख्य जिम्मेवारी हो। आयोगले पालिकाहरुमा समेत निर्वाचन अधिकृत तोकेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?