दार्चुला । दार्चुलामा डिउटीमा खटिएका एक जना प्रहरी हवल्दार बिरामी भएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ । आइतवार अपिहिमाल गाउँपालिका–३ पाथामा नेकपा एमालेको चुनावी आमसभाको सुरक्षामा खटिएका प्रहरी हवल्दार ईश्वर बहादुर थापाको अत्यधिक पेट दुख्ने समस्या भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
थापाको हेलिकप्टरमार्फत उद्धार गरी सेती प्रादेशिक अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रहरी प्रमुख एबं प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिनुभयो । थापा बिरामी परेको खबर पाउना साथ प्रशासनको पहलमा होलिकोप्टर मगाइएको हो ।
पुर्वमन्त्री गणेश सिह ठगुन्नाको सुरक्षामा खटिएको थापा एक्कासी बिरामी परेपछि उद्धार गरिएको बताइएको छ । आइतबार एमालेले अपिहिमाल गाउँपालिकामा चुनावी आमसभा सम्पन्न गरेको छ । उक्त भेलामा सहभागि थापाको उपचारका लागि उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया