दार्चुला । दार्चुलामा न्यायधिस कोमलप्रशाद आर्चाय मुख्य निर्वाचन अधिकृत तोकिनुभएको छ । निर्वाचन आयोगले जिल्ला अदालत दार्चुलाका न्यायधीस आचार्यलाई वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकेको हो ।
आयोगले सबै पालिकाहरुमा समेत निर्वाचन अधिकृत तोकेको छ । दार्चुलाको शैल्यशिखर नगरपालिकामा सडक विभागका उपसचिव हरिसिंह धामी, लेकम गाउँपालिकामा कम्पनी रजिष्टारको कार्यालय काठमाण्डौँका उपरजिष्टार धर्मराज रोकाया, मालिकार्जुन गाउँपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ओम प्रसाद भट्टराई खटिने भएका छन् ।
यस्तै अपिहिमाल गाउँपालिकामा मालपोत कार्यालय काठमाण्डौँका प्रमुख मालपोत अधिकृत खेमराज खत्री, दुहुँ गाउँपालिकामा महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता बुद्धिलाल श्रेष्ठ, नौगाड गाउँपालिकामा शिक्षा मन्त्रालयका उपसचिव लक्ष्मण देवकोटा, व्यास गाउँपालिकामा दार्चुला जिल्ला अदालतका स्रेस्तेदार कोशलेश्वर ज्ञवाली तोकिनुभएको छ ।
मार्मा गाउँपालिकामा शिक्षा मन्त्रालयका उपसचिव देबेन्द्र बहादुर मल्ल खटिने भएका छन् । दार्चुला जिल्ला सदरमुकाम खलंगास्थित महाकाली नगरपालिकामा भने मुख्य निर्वाचन अधिकृतले नै निर्वाचन अधिकृतको जिम्मेवारी निर्वाह गर्ने बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया