नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवस मनाइदै

दार्चुला । नेपाल पत्रकार महासंघले आज बुधबार ६७ औं स्थापना दिवस मनाउँदैछ ।

महासंघ केन्द्रले काठमाडौंमा र प्रदेश तथा जिल्ला कार्यसमितिहरूले देशैभरि विभिन्न ठाउँमा कार्यक्रम गरी स्थापना दिवस मनाइरहेका छन् ।

महासंघ केन्द्रीय समितिले बिहान काठमाडौंको सिनामंगलदेखि सञ्चारग्रामसम्म प्रभातफेरी निकालेको थियो ।

यसैगरी, महासंघले रक्तदान र निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । शिविरमा पत्रकारहरूको मिर्गौला परीक्षण र दाँतको परीक्षण गरिएको थियो ।

त्यस्तै, महासंघले दिउँसो ‘कोभिडका कारण मिडिया क्षेत्रमा परेको असर’बारे बहस र नीतिगत समाधानका लागि गर्नुपर्ने प्रयासहरूबारे छलफल गर्ने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?