दार्चुला । महाकाली नगरपालिका–५ मा बिहीवार राति एक युवकमाथि चक्कु प्रहार भएको छ । करिब १० बजेतिर घरबाटै बोलाएर अभिषेक ऐरीमाथि ५–६ जनाको समूहमा आएका हरुले चक्कु प्रहार गरेका हुन् ।
घाइतेलाई थप उपचारका लागि भारतको पिथौरागढस्थित अस्पताल लगिएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी प्रतिक बिष्टका अनुसार चिनजान कै युवाले राति घरबाट बोलाएर धारिलो हतियार प्रहार गरेको खुलेको छ । एक जनालाई नियन्त्रणमा लिइसकेको बताउदै उहाँले घटनामा संलग्न अरुको पनि खोजि भइरहेको जानकारी दिनुभयो ।
एक सातादेखि उक्त क्षेत्रमा रात÷बिरात युवाहरु समूहमा हिड्ने गरेका थिए । यो घटनाले पनि ग्याङफाइटको रुप लिन सक्ने भन्दै प्रहरीले सुरक्षा निगरानी बढाएको जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया