माओबादी दार्चुलाको नेतृत्व चयनसंगै चुनावी कार्यदल गठन, जिल्ला संयोजकमा धामी

दार्चुला । नेकपा माओबादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटीका पदाधिकारीहरुको उपस्थितिमा प्रदेश कमिटी सदस्यहरुको बैठक बसाई शुक्रबार (आज) जिल्ला समन्वय समिति र पालिका ईन्चार्जको टुंगो लगाईएको छ । नेकपा माओवादी केन्द्र दार्चुलाका ईन्चार्ज लक्ष्मी विकको अध्यक्षता बसेको बैठकमा सुदूरपश्चिम प्रदेश कमिटी ईन्चार्ज खगराज भट्टको प्रमुख अतिथ्यता रहेको थियो । कमान ईन्चार्ज लक्ष्मणदत्त जोशीको विशेष आतिथ्यता रहेको बैठकमा प्रदेश कमिटी उपाध्यक्ष मानसिहं माल, प्रदेश कमिटी सचिव जनक बुढा लगायत दार्चुलाबाट प्रतिनिधित्व गर्ने प्रदेश कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो ।

बैठकले नेकपा माओवादी केन्द्रको जिल्ला समन्वय समिति संयोजकमा मानबहादुर धामी सन्तोष र सचिवमा पदमराज पन्त (प्रेम) रहने गरी ६१ सदस्यीय जिल्ला समन्वय समिति चयन गरेको छ । बैठकले दार्चुला जिल्लास्थित नौंवटै स्थानीय तहका इन्चार्जहरुको टुंगो लगाएको छ । व्याँस गाउँपालिकामा उपेन्द्र कुवर, दुहूँ गाउँपालिकामा विक्रम कुवर, महाकाली नगरपालिकामा दिपक राज जोशी, मालिकार्जुन गाउँपालिकामा पदम राज पन्त (प्रेम), लेकम गाउँपालिकामा राम दत्त जोशी (आरडी), शैल्यसिखर नगरपालिकामा केशव विक, नौगाड गाउँपालिकामा दलजित सिंह धामी, मार्मा गाउँपालिकामा जमन सिंह धामी (दिव्य), अपिहिमाल गाउँपालिकामा भगत सिंह ठेकरे बोहरालाई पालिका इन्चार्ज तोकिएको छ ।

गठबन्धनमा रहेका दलहरुका बीचमा चुनावी तालमेलका लागि मानबहादुर धामीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समन्वय कार्यदल गठन गरिएको छ । उक्त समितिको सदस्यमा जमन सिंह धामी (दिव्य) र पदम राज पन्त (प्रेम) रहेको बताइएको छ ।

बैठकले विशेषतः तीनवटा बुँदामा निर्णय गरेको छ र भोलि जिल्ला समन्वय समितिको बैठक एवम् अगुवा कार्यकर्ता भेला पनि बोलाएको जिल्ला समन्वय समितिका सचिव पदम राज पन्त (प्रेम) ले रेडियो लोकदर्पणलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?