पुर्चौंडीमा बमलाई मेयरको उम्मेद्वार बनाउने कांग्रेसको निर्णय, उपमेयरमा चार जनाको दाबी

दार्चुला । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेद्वार छनौट कार्य जारी राखेको छ । बैतडीको पुर्चौंडी नगरपालिकामा मेयरका लागि महाधिवेशन प्रतिनिधि दीपकबहादुर बमलाई उम्मेद्वार बनाउने सर्वसम्मत निर्णय भएको छ ।

कांग्रेस नगर सभापति गणेशबहादुर गडालको अध्यक्षतामा शुक्रबार बसेको नगरपालिका कार्यसमितिको बैठकले बमलाई मेयर पदका लागि उम्मेद्वार बनाउने सर्वसम्मत निर्णय पारित गरेको हो । गत स्थानीय तहको निर्वाचनमा पनि बम मेयर पदमै उम्मेद्वार रहेका थिए । त्यो बेला उनी नेकपा माओवादी केन्द्रका रणबहादुर कुँवरसंग पराजित भएका थिए ।

यस्तै उपमेयर पदका लागि पुर्चौंडीमा कांग्रेसबाट चारजना आकांक्षी देखिएका छन् । करिश्मा भुल सार्की, पुनम पाल बम, मीना धानुक र बाग्मती ऐरले उपमेयर पदका लागि आकांक्षा देखाएका हुन् ।

यस्तै नगरपालिका सातओटा वडामा पनि वडा अध्यक्ष पदका उम्मेद्वार सर्वसम्मत चयन गरिसकेको नेपाली कांग्रेसको पुर्चौंडी नगरपालिका कार्यसमितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?