दार्चुला । नेपाल रेल सेवाको औपचारिक उद्घाटन आज हुँदैछ। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका समकक्षी नरेन्द्र मोदीले आज दिउँसो साढे १२ बजे नयाँ दिल्लीस्थित हैदरावाद हाउसबाट रेल सेवाको अर्चुअल उद्घाटन गर्ने कार्यक्रम छ।
यसअघि नै संचालनमा आएको सो रेल सेवा विस्तारसहित पुनः संचालनका ल्याउन लागिएको हो। जयनगरमा अति विशिष्ट व्यक्तिहरु रहने र त्यहाँबाट प्रोजेक्टरमा दिल्लीमा हुने उद्घाटन कार्यक्रम देखाइनेछ। उद्घाटन गरेपछि रेल कुर्थाका लागि प्रस्थान गर्नेछ।
प्रत्येक स्टेशनमा स्कुलका बालबालिकाहरु नेपाल भारतको झण्डा लिएर रेलको स्वागत गर्नेछन्। उनीहरुलाई समेत त्यही रेलमा चढाएर कुर्था ल्याइनेछ। कुर्थामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले रेल चढेर जनकपुरसम्म आउने र उद्घाटनको अन्य कार्यक्रम गरिने कार्यतालिका छ। आज उद्घाटन भएपछि भोलिदेखि नै तालिकाअनुसार धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म नियमित रेल चल्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए।
आइतबारबाट बिहान साढे ८ बजे जयनगरबाट कुर्थाका लागि रेल चल्ने छ भने दुई घण्टापछि कुर्था स्टेसनमा पुग्नेछ। महाप्रबन्धक झाका अनुसार जनकपुरधामको कुर्थाबाट पौने ११ बजे जयनगरका लागि निस्किने रेल साढे १२ बजे जयनगर स्टेसनमा पुग्ने बताए।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया