दार्चुला । कपिलवस्तुमा म्यादी प्रहरी भर्ना हुनको लागि तौल कम भएपछि एक युवाले पाइन्टको गोजीमा एक किलो ढक राखेर आएका छन्। उनी प्रहरी नियन्त्रणमा छन्।
१ किलोको ढक, मोबाइल राखेका उनलाई प्रहरीले नियन्त्रणमा लिएपछि आफूले तौल बढाउन पटक–पटक खाना र केरालगायतका फलफूल खाएको प्रहरीलाई बताएका छन्।
प्रहरीका अनुसार उनको वास्तविक तौल ४८ किलो रहेको छ। तर, भर्ना हुन न्यूनतम तौल ५० किलो चाहिने भएपछि तौल पुर्याउन उनले यस्तो गरेको छनोटमा खटिएका कपिलवस्तुका निरीक्षक जगन्ननाथ मरासिनीले बताउनुभयो।
मरासिनीले नेपाल भ्यूजसँग भने ‘‘यो सामान्य घटना हो। सम्झाई बुझाई गरेर उनलाई घर पठाउँछौँ। अबदेखि छलकपट नगर्न आग्रह गछौँ।’’
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया