ट्याक्टरबाट खसेर एक युवकको मृत्यु

दार्चुला । जुम्लाको सिँजा गाउँपालिका–३ मा गुडिरहेको ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ ।

सिँजाबाट जुम्ला बजारतर्फ आउँदै गरेको भे २ त १०४४ नम्बरको ट्याक्टरबाट खसेर जुम्लाको चन्दननाथ नगरपालिका–७ का २२ वर्षीय सन्तोष नेपालीको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गएराति ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । नेपाली हिजो साँझ ६ बजे सोही ट्याक्टरबाट खसेका थिए ।

ट्याक्टर सहित चालकलाई जिल्ला प्रहरी कार्यालय जुम्लाले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?