दार्चुला । सिन्धुपाल्चोकमा खाना पकाउने ग्याँसको सिलिन्डर पड्किएर घरमा आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वाराका मिनबहादुर तामाङको घरमा आइतबार बेलुकी ७ बजे ग्याँस सिलिण्डर पड्किएर घरमा आगलागी हुँदा उनका १० वर्षीय छोरा इशाक, कुमार तामाङका ६ वर्षीय छोरा सरगम र छिमेकी पदम तामाङका साढे २ वर्षीया छोरी दिव्याको मृत्यु भएको हो । आगोमा जलेर उनीहरूको घरभित्रै मृत्यु भएको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।
आगलागीमा मीनबहादुर पनि घाइते भएका छन् । उहाँको उपचार जारी छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया