तत्काल उम्मेदवार घोषणा नगर्न जिल्ला समितिलाई कांग्रेसको निर्देशन

दार्चुला । कांग्रेसले स्थानीय तहको उम्मेदवार तत्काल घोषणा नगर्न सबै जिल्ला समितिलाई निर्देशन दिएको छ ।

केन्द्रले सबै जिल्ला समितिलाई पत्राचार गर्दै उम्मेदवार सिफारिसका काम रोक्न निदेर्शन दिएको हो ।

पाँच दलीय गठबन्धन बनाएर चुनावमा जाने निर्णय गरेको कांग्रेसले कार्यतालिका नै पठाएर यसअघि स्थानीय तहमा उम्मेदवार सिफारिस गर्न आग्रह गरेकोे थियो ।

चैत मसान्तभित्र उम्मेदवार माथिल्लो तहमा सिफारिस गर्न निर्देश गरेको कांग्रेसले आज गठबन्धनलाई मध्यनजर गरेर उम्मेदवार सिफारिसको काम स्थगित गर्न निर्देशन दिएको हो ।

कांग्रेस कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जिल्ला समितिलाई तत्काल उम्मेदवार नतोक्न पत्राचार गरिएको जानकारी दिनुभयो ।

विभिन्न जिल्लामा कांग्रेसको बैठक बसेर पाँच दलले गठबन्धन गर्ने निर्णय गरिरहेको अवस्थामा कतिपय ठाउँमा कांग्रेसले एक पक्षीय रूपमा उम्मेदवार घोषणा गर्न थालेको छ ।

जुन कार्यबाट गठबन्धनका अन्य दल शसंकित भएका थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?