दार्चुला । नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हाल्ने हुनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा बिहीबार कानुन व्यवसायी गोविन्द बन्दी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त हुनुभएको छ ।
यसअघि बडूले उक्त मन्त्रालय सम्हाल्दै आउनुभएको थियो । मन्त्री बडूले आफूले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हाल्ने जानकारी अनौपचारिक माध्यमबाट पाएको बताउनुभयो । यो मन्त्रालय लामो समयदेखि प्राधनमन्त्री आफैंसँग छ ।
देउवाले २२ साउनमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका जेठान गजेन्द्र हमाललाई मन्त्री नियुक्त गर्नुभएको थियो । तर चर्को विरोध भएपछि हमालले केही दिनमै राजीनामा दिनुभएको थियो । त्यसयता यो मन्त्रालय प्रधानमन्त्रीले आफैंसँग राख्नुभएको थियो ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार मन्त्री बन्दीको शपथ बिहीबार दिउँसो नै गर्ने तयारी रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसांसद बन्दीलाई मन्त्री बताउनुभएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गर्दा बन्दीले विपक्षमा बहस गर्नुभएको थियो । दोस्रो पटक २०७८ जेठ ८ गते भएको प्रतिनिधिसभा विघटनमा भने बन्दीले रिट निवेदन लेख्नेदेखि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
प्रतिनिधिसभा पुनःस्थापना भई शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएपछि एमाले विभाजन भएको थिए । एमाले विभाजनपछि गठन भएको नेकपा (एकीकृत समाजवादी) पार्टी राज्नुभएको बन्दीको देउवा प्रधानमन्त्री भएदेखि नै मन्त्री बन्ने चर्चा चलेको थियो ।
बन्दीले एमसीसी पारित गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो । एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनमा विवाद भई सरकार ढल्ने अवस्थामा आइपुगेपछि बन्दीलगायतको भूमिकामा १२ बुँदे व्याख्यात्मक घोषणा तयार पारिएको थियो । अन्तर्राष्ट्रिय कानुनका ज्ञाताका रूपमा परिचय बनाएका बन्दीले सत्तारुढ गठबन्धनलाई कानुनी सहयोग गर्दै आउनुभएको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया