दार्चुलामा १० दिनमा ६९७ जना एमालेमा प्रवेस, निर्वाचनमा जित सुनिश्चित रहेको नेताहरुको दाबी

दार्चुला । दार्चुलामा नेकपा एमालेले पहिलो चरणको चुनावी आमसभाहरु सम्पन्न गरेर उम्मेदवार छनोट गरिरहेको छ । एमाले केन्द्रीय पोलिटब्युरो सदस्य एबं पुर्वमन्त्री गणेशसिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा चैत १० गतेदेखि सुरु भएको पालिकास्तरीय चुनावी बृहत आमसभा १९ गते लेकम गाउँपालिकाको केन्द्र रातामाटामा सम्पन्न भएको थियो । दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहनुभएका नेता ठगुन्नाको उपस्थितिमा ९ वटै पालिकामा आयोजित आमसभाको क्रममा नेपाली कांग्रेश, नेकपा माओबादी केन्द्र र राप्रपा परित्याग गरेर ६९७ कार्यकर्ताले नेकपा एमालेमा प्रवेस गरेको एमाले दार्चुलाका प्रचारप्रसार तथा प्रकाशन विभाग सदस्य राजेश बिष्टले जानकारी दिनुभयो । कांग्रेशबाट ४३३ जना, माओबादी केन्द्रबाट २६२ र राप्रपाबाट २ जनागरी ६९७ जनाले १० दिनको अवधिमा नेकपा एमालेमा प्रवेश गरेको बिष्टले बताउनुभयो ।

यहि चैत १० गते शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा आयोजित आमसभामा १२० जना नेपाली कांग्रेश र ३५ जना माओबादी केन्द्रबाट गरी १६५ जनाले एमालेमा प्रवेस गरेको उहाँले बताउनुभयो । यस्तै चैत ११ गते मार्मा गाउँपालिकाको लटिनाथमा आयोजित आमसभामा १०७ जना माओबादी केन्द्र र २८ जना नेपाली कांग्रेशबाट गरी १३५ जनाले एमालेमा प्रवेस गरेको बताइएको छ । चैत १३ गते अपिहिमाल गाउँपालिकामा आयोजित आमसभामा १० जना माओबादी केन्द्र र ३ जना नेपाली कांग्रेशबाट गरी १३ जना एमालेमा प्रवेस गरेको बताइएको छ । १४ गते नौगाड गाउँपालिकामा २२ जना माओबादी केन्द्र र १३ जना नेपाली कांग्रेशबाट गरी ३५ जनाले एमालेमा प्रवेस गरेको बिष्टले बताउनुभयो । दुहुँ गाउँपालिकामा चैत १५ गते १५१ जना नेपाली कांग्रेश र २० जना माओबादी केन्द्रबाट गरी १७१ जनाले एमालेमा प्रवेस गरेको बताइएको छ । १६ गते व्यास गाउँपालिकामा ३२ जना नेपाली कांग्रेश र ११ जना माओबादी केन्द्रबाट गरी ४३ जनाले एमालेमा प्रवेस गरेको बताइएको छ । चैत १७ गते महाकाली नगरपालिकामा ४० जना नेपाली कांग्रेश र ८ जना माओबादी केन्द्रबाट गरी ४८ जना नेकपा एमालेमा प्रवेस गरेका छन् । १८ गते मालिकार्जुन गाउँपालिकामा २९ जना नेपाली कांग्रेश, १७ जना माओबादी केन्द्र र २ जना राप्रपाबाट गरी ४९ जनाले एमालेमा प्रवेस गरेका छन् । चैत १९ गते लेकम गाउँपालिकामा सम्पन्न आमसभामा १७ जना नेपाली कांग्रेश र २१ जना माओबादी केन्द्रबाट गरी ३८ जनाले एमालेमा प्रवेस गरेको उहाँले बताउनुभयो ।

यसअघि माघ र फागुनमा गरिएको वडा भेला तथा पालिकास्तरीय आमभेला कार्यक्रममा समेत दार्चुलाका विभिन्न स्थानीय तहबाट गरी एक हजार बढीले एमालेमा प्रवेस गरेको नेकपा एमाले प्रचार विभाग प्रमुख खडक वडालले बताउनुभयो ।

सबै स्थानीय तहमा एमालेको पक्षमा जनलहर देखिएको नेताहरुले बताएका छन् । पाँच दलित गठबन्धन मिलेर आएपनि एमाले एक्लैले गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै विजय हासिल गर्ने नेताहरुको दाबी छ । आम जनताको पक्षमा काम गर्ने पार्टी एमाले मात्रै भएकोले विकास, सुशासन र समृद्धिका लागि एमालेलाई विजयी गराउनु आवश्यक रहेको बताउदै एमाले नेता गणेशसिंह ठगुन्नाले दार्चुलाका सबैजसो स्थानीय तहमा एमालेका उम्मेदवारहरुलाई जनताले विजयी गराउने बताउनुभयो । एमालेका उम्मेदवार विजयी भएपछि कांग्रेशले गरेका भ्रष्टाचारका बिलभरपाइ सार्वजनिक गरेर भ्रष्ट नेताहरुलाई कार्वाहीको दायरामा ल्याउने र स्थानीय तहमा सुशासन र विकासको लहर छाउने उहाँको भनाई छ ।

आमभेलामा नेता ठगुन्नासहित एमालेका प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी अध्यक्षसहित पदाधिकारी, पालिका कमिटी पदाधिकारी र कार्यकर्ता एबं सुभचिन्तकहरुको सहभागिता रहेको थियो । आमभेलाहरुलाई सम्बोधन गर्ने अधिकासं नेता तथा वक्ताहरुले एमाले मात्रै जनताको पक्षमा काम गर्ने पार्टी भएकोले आसन्न निर्वाचनमा एमालेको नित सुनिश्चित रहेको दाबी गरेका छन् । निर्वाचनमा अमूल्य मतदान गरेर एमाले उम्मेदवारहरुलाई विजयी गराउन नेताहरुले अपिल समेत गरेका छन् ।

नेकपा एमाले दार्चुलाले पहिलो चरणको आमसभा सम्पन्न गरेपछि चैत २० गते जिल्ला कमिटी पदाधिकारी बैठकको आयोजना गरेर २५ गतेसम्ममा वडा र पालिकाहरुबाट स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने नेताहरुको नामावली सिफारिस गर्न निर्देशन दिएको थियो । सकेसम्म सहमतिमै उम्मेदवारी टुगों लगाउन र सहमति जुट्न नसकेमा दुई पुरुष र एक महिलासहित तीन जनाको नाम जिल्ला कमिटीमा पठाउन भनिएको एमालेले जनाएको छ । दार्चुलाका अधिकासं वडाहरुमा एमालेले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सहमतिमै उम्मेदवारको टुगों लगाइसकेको छ भने केही वडामा अझै सहमतिको प्रयास भइरहेको छ । शुक्रबारसम्ममा सबै वडा र पालिकाका उम्मेदवारको नामावली जिल्ला कमिटीमा पठाइसक्ने नेताहरुले बताएका छन् । आसन्न स्थानीय तहको निर्वाचनमा एमालेको जित सुनिश्चित गर्नका लागि योग्य, लोकप्रिय तथा सक्षम नेताहरुलाई उम्मेदवार बनाउन नेताहरुले सुझाब दिएका छन् ।

सायद ३ जना मानिसहरू, उभिएका मानिसहरू तथा घरबाहिर को तस्बिर हुनसक्छ

सायद एक वा थप मानिसहरू तथा उभिएका मानिसहरू को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?