दार्चुला । नेकपा एकिकृत समाजवादीका जिल्ला सचिव जनक डाँगा एमालेमै फर्कीनुभएको छ । शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै डाँगाले आफु नेकपा एमालेमै फर्किएको जानकारी गराउनुभएको छ ।
नेकपा एस दार्चुलाका सचिव डाँगाले जारी गरेको विज्ञप्तीमा लेखिएको छ, “नेपालको बामपन्थी आन्दोलनमा २०५४ सादलेखि अनेरास्ववियु हुँदै नेकपा एमाले जिल्ला कमिटी दार्चुलाको सदस्य रहि पार्टी काम गर्दै आएको जानकारी सर्वविदितै छ । टुटफुट र विभाजनको बेला म नेकपा एकिकृत समाजवादीको जिल्ला सचिव रहि काम गरिरहेकोले म आजैका मितिबाट मेरो पुरानो मातृ पार्टी नेकपा एमालेमा समाहित भएको कुरा आम जनसमुदाय तथा पार्टी कार्यकर्तामा जानकारी गर्दछु ।”

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया