दार्चुला । नेकपा (माओवादी केन्द्र) ले लेकम गाउँपालिकामा चुनावी भेटघाट कार्यक्रम गरिरहेको छ । शुक्रबार (आज) लेकम गाउँपालिका वडा नम्बर १ स्थित बडिपुरमा कार्यकर्ता प्रशिक्षण एवम् भेटघाट कार्यक्रम सम्पन्न भएको माओबादी केन्द्रका पालिका कमिटी सचिव तारासिंह बोहराले जानकारी दिनुभयो ।
वडा कमिटीका जेष्ठ सदस्य अकबर सिहं कार्कीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एबं नेकपा माओवादी केन्द्र लेकम गाउँपालिका ईन्चार्ज रामदत्त जोशीको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा विभिन्न टोलबाट उपस्थित नेता कार्यकर्ताहरुले आ–आफ्नो धारणा हरु राखेका थिए भने प्रमुख अतिथि जोशीले पार्टीको धारणा राख्नुभएको थियो।
अहिलेको लडाई व्यवस्था बचाउने र व्यवस्था लत्याउने बीच भइरहेकोले गठबन्धन गर्नुपरेको नेता जोशीको भनाई छ । हाम्रो लडाई कसैलाई सक्काउनु र कसैलाई बनाउनु भन्ने हुँदै होइन्, उहाँले भन्नुभयो, बरु हाम्रो लडाई जसको नीति उसको नेतृत्व भन्ने हो, संविधानको रक्षार्थ हो ।
यसैबीच सर्मोलीमा आयोजित प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेस र नेकपा एमालेबाट आधा दर्जन नेता तथा कार्यकर्ताहरुले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको बताइएको छ । पार्टी प्रवेस गर्नेहरुमा नेपाली कांग्रेशबाट दल बहादुर विष्ट, धौल सिंह विष्ट, विजय सिंह विष्ट, सुरेश कार्की, धनसिंह बिष्ट रहेका छन् । एमालेबाट प्रेम सिंह ठगुन्नाले माओबादीमा प्रवेस गरेको नेकपा माओवादी केन्द्र लेकम गाउँपालिका सचिव तारा बोहोराले बताउनुभयो ।
आसन्न स्थानीय तहको निर्वाचनमा लेकम गाउँपालिकामा माओबादी केन्द्रको तर्फबाट रामदत्त जोशी (आरडी) ले गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिने तयारी गर्नुभएको छ । निर्वाचन नजिकिएसंगै राजनीतिक दलहरुले कार्यकर्ता भेटघाट तथा पार्टी प्रशिक्षण र भेला जस्ता कार्यक्रमलाई तिब्रता दिएका छन् ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया