दार्चुला । दार्चुलामा कार्यरत छ जना सहित नेपाल प्रहरीका ३ सय ७३ जना प्रहरी निरीक्षकहरूको सरुवा गरिएको छ । स्थानीय तहको निर्वाचनको बेला नेपाल प्रहरीका प्रहरी निरीक्षकहरुको सरुवा गरिएको हो । जसमा जिल्ला प्रहरी कार्यालय दार्चुला र इलाका प्रहरी कार्यालयका गरी ६ जनाको इन्सपेक्टरहरुको सरुवा भएको छ ।
जिल्ला प्रहरी कार्यालयमा काज सरुवा भएर आउनुभएका प्रहरी निरीक्षक माधव विश्वकर्माको सुदूरपश्चिम प्रदेश प्रहरी आवाशीय माध्यमिक विद्यालय धनगढी सरुवा भएको छ । जिप्रकामै कार्यरत पुष्करसिह ऐरीको वडा प्रहरी कार्यालय बुटबल रुपन्देही सरुवा भएको छ । यस्तै जिल्ला प्रहरी कार्यालयमा इलाका प्रहरी कार्यालय दुम्कीबास पूर्वनवलपरासीबाट हिक्मतबहादुर थापा आउनुभएको छ । यस्तै इलाका प्रहरी कार्यालय पाटनबाट राजेश शाही जिल्ला प्रहरी कार्यालय दार्चुलामा सरुवा भएको प्रहरी स्रोतले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा कार्यरत इन्सपेक्टर अरुण बमको महानगरीय प्रहरी वृत्त दरबमार्ग अपराध नियन्त्रण शाखा सरुवा भएको छ । सीमा प्रहरी चौकी लालीका इन्सपेक्टर धुव्रबहादुर विष्टको जिल्ला प्रहरी कार्यालय अछाम सरुवा भएको छ भने लालीमा प्रहरी प्रधान कार्यालय विपद् व्यवस्थापन महाशाखाबाट जगत गाहामगर आउनुभएको छ ।
इलाका प्रहरी कार्यालय लटिनाथमा कार्यरत इन्सपेक्टर नारायणसिह विष्टको महानगरी प्रहरी वृत्त दरबारमार्ग सरुवा भएको छ भने लटिनाथमा सुदूरपश्चिम प्रदेश दांगा प्रहरी कञ्चनपुरबाट रामबहादुर चन्द आउनुभएको छ । इलाका प्रहरी कार्यालय हुतीका इन्सपेक्टर लोकेन्द्रबहादुर सिंहको जिल्ला प्रहरी कार्यालय कैलाली सरुवा भएको छ भने हुतीमा जिल्ला प्रहरी कार्यालय बझाङबाट लोकेन्द्र बहादुर कार्की सरुवा भएर आउनुभएको छ ।
केही दिन पहिले जिल्ला प्रहरी कार्यालय दार्चुलाका तत्कालिन प्रमुख एवं प्रहरी नायव उपरीक्षक डिएसपी मनोहरप्रसाद भट्टको बाँके काज सरुवा भएपछि जिल्लाको नयाँ प्रहरी प्रमुखको जिम्मेवारीमा मधेश प्रदेशस्थित प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर, धनुषाबाट प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रतिक बिष्ट दार्चुला आउनुभएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया