दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकामा यथास्थितिमा गठबन्धन नगर्ने नेकपा माओबादी केन्द्रले निर्णय गरेको छ । नेकपा माओबादी केन्द्र मार्मा गाउँकमिटी अध्यक्ष नरबहादुर बिष्टले भन्नुभयो, मार्मामा गाउँ कमिटीले आज एउटा महत्त्वपूर्ण निर्णय गरेको छ, यथास्थितिमा गठबन्धनलाई निरन्तरता दिन नसकिने भएकोले मार्मा गाउँपालीकामा गठबन्धन नगर्ने र माओवादी केन्द्र एक्लै चुनाव लड्ने निर्णय गरेको छ ।
स्थानीय तह निर्वाचन २०७९ को लागि सत्ता गठबन्धन बनाएर चुनाव लड्ने केन्द्रीय निर्णय भएपनि मार्मा गाउँपालिकामा गठबन्धनको सहयात्री दल नेपाली कांग्रेशसितको विभिन्न चरणको छलफल र आमकार्यकर्ताको भावना बुझ्दा कांग्रेशले माओबादी केन्द्रको सम्मानजनक अस्तित्व र उपस्थिति स्वीकार गर्न नचाहेको कारण यथास्थितिमा गठबन्धनलाई निरन्तरता दिन नसकिने भएकोले मार्मा गाउँपालिका दार्चुलामा गठबन्धन नगर्ने निर्णय सर्वसहमतिबाट पारित गरिएको नेताहरुले बताएका छन् ।
नेकपा माओबादी केन्द्र मार्मा गाउँकमिटीको बैठकले आमकार्यकर्ताको भावना बुझ्दा एक्लै निर्वाचनमा जान सुझाब आएको र कांग्रेशले माओबादी केन्द्रको सम्मानजनक अस्तित्व र उपस्थिति स्वीकार गर्न नचाहेको कारण यथास्थितिमा गठबन्धन नगर्ने निर्णय गरेको हो ।
यस्तै स्थानीय तह निर्वाचन २०७९ लाई व्यवस्थित तरिकाले परिचालन गर्न परिचालन मुल व्यवस्थापन समिति, आर्थिक समिति, प्रचारप्रसार समिति र युवा परिचालन समिति गठन गर्ने निर्णय गरिउको छ । माओबादी केन्द्र मार्मा गाउँकमिटी अध्यक्ष नरबहादुर बिष्टको अध्यक्षतामा आयोजित कार्यक्रममा पालिका सहइन्चार्ज धिरेन्द्रसिंह धामी, पालिका कमिटी पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया