धरापमा गठबन्धनः कार्यकर्तातहबाट गठबन्धन नगर्न दबाब, नेताहरु राजनीतिक स्वार्थ हेर्दै

दार्चुला । दार्चुलामा नेकपा (एमाले) ले सबै स्थानीय तहमा वडा देखि पालिका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षका उम्मेदवारको टुगों लगाउदैछ । सत्तारुढ गठबन्धन आवद्ध दलहरु गठबन्धन गर्न केन्द्रले गरेको निर्णय अनुसार एमालेविरुद्ध गठबन्धन गर्ने गृहकार्य गरिरहेका छन् । तर कार्यकर्ता तहबाट गठबन्धन नगर्न चर्को दबाब छ ।

मार्मा गाउँपालिकामा यथास्थितिमा गठबन्धन नगर्ने नेकपा (माओबादी केन्द्र) ले निर्णय गरेको छ । नेकपा माओबादी केन्द्र मार्मा गाउँकमिटी अध्यक्ष नरबहादुर बिष्टले भन्नुभयो, मार्मामा गाउँ कमिटीले एउटा महत्त्वपूर्ण निर्णय गरेको छ, यथास्थितिमा गठबन्धनलाई निरन्तरता दिन नसकिने भएकोले मार्मा गाउँपालीकामा गठबन्धन नगर्ने र माओवादी केन्द्र एक्लै चुनाव लड्ने निर्णय गरेको छ । स्थानीय तह निर्वाचन २०७९ को लागि सत्ता गठबन्धन बनाएर चुनाव लड्ने केन्द्रीय निर्णय भएपनि मार्मा गाउँपालिकामा गठबन्धनको सहयात्री दल नेपाली कांग्रेशसितको विभिन्न चरणको छलफल र आमकार्यकर्ताको भावना बुझ्दा कांग्रेशले माओबादी केन्द्रको सम्मानजनक अस्तित्व र उपस्थिति स्वीकार गर्न नचाहेको कारण यथास्थितिमा गठबन्धनलाई निरन्तरता दिन नसकिने भएकोले मार्मा गाउँपालिका दार्चुलामा गठबन्धन नगर्ने निर्णय सर्वसहमतिबाट पारित गरिएको नेताहरुले बताएका छन् ।

मार्मामा माओबादीले गठबन्धन नगर्ने निर्णय गरेपछि नेपाली कांग्रेशले समेत एक्लै चुनावमा जान सक्षम रहेको जनाएको छ । कांग्रेश मार्माका सभापति एबं नेता सम्भु जोशीले भन्नुभयो, मार्मा गाउँपालिका मा माओबादीले एक्लै चुनाव लड्ने निर्णय गरे पछि नेपाली काँग्रेसले केन्द्रीय निर्देशन मान्नुपर्ने आबस्यक रहेन । बहुमत हुँदा पनि प्राबिधिक कारणले अघिल्लो चुनाव हारेको हो, काँग्रेस एक्लै लड्न तयार छ बिजय सुनिश्चितता का लागि आ–आफ्नो ठाउँबाट तयारीमा रहन नेता कार्यकर्ता साथीहरू लाई अनुरोध गर्दछु । दुबै पार्टीले कार्यकर्तातहबाट बिचार नमिल्ने पार्टीबिच गठबन्धन गर्नु उपयुक्त नहुने सुझाब आएको बताएका छन् ।

लेकम गाउँपालिकामा पनि कार्यकर्ताहरु गठबन्धनको विपक्षमा देखिएका छन् । नेपाली कांग्रेशबाट गाउँपालिका अध्यक्ष पदका आकांक्षि इन्द्र साउदले लेकममा गठबन्धन नहुने बताउनुभएको छ । उहाँले फेसबुकमा लेख्नुभएको छ, गठबन्धन हुदैन, हामी गठबन्धन मान्दैनौँ, नेपाली कांग्रेशका कार्यकर्ताहरु नआत्तिनुस । माओबादी केन्द्रबाट लेकम गाउँपालिका अध्यक्ष पदका उम्मेदवार रामदत्त जोशी (आरडी) ले पनि बहुसंख्यक कम्युनिष्ट कार्यकर्ताको मत कांग्रेशसंग एलाइन्स नगर्ने भन्ने आएकोले यसलाई कसरी व्यवस्थापन गर्ने भन्दै प्रश्न गर्नुभएको छ । नेता जोशीले गोल कांग्रेशको पोष्टमा भएकोले मुद्धालाई आधार बनाएर जाने की अरु केही भन्ने विषयमा सजक हुन सुझाउनुभएको छ । लेकममा कांग्रेशका कार्यकर्ताहरुले समेत कम्युनिष्टसंग गठबन्धन नगर्न नेताहरुलाई सुझाब दिएका छन् ।

नौगाड गाउँपालिकामा माओबादी केन्द्रले सबै वडामा सदस्यदेखि अध्यक्षसम्मका उम्मेदवार चयन गर्नका लागि सोमबार वडा समितिहरुको बैठक बोलाएको छ । माओबादीका प्रदेश समिति सदस्य एबं नौगाड गाउँकमिटी इन्चार्ज दलजितसिंह धामीले सरोकारवाला सबैलाइ वडाभेलामा सहभागि भएर उपयुक्त उम्मेदवार छनोट गर्न सबैलाई सूचित गर्नुभएको छ ।

पालिकास्तरीय नेता र आमकार्यकर्ताको भावना बुझ्दा एक्लै निर्वाचनमा जान सुझाब आएको र एकले अर्कोको सम्मानजनक अस्तित्व र उपस्थिति स्वीकार गर्न नचाहेको कारण यथास्थितिमा गठबन्धन सम्भव नरहेको नेताहरुको प्रतिक्रिया आइरहदा जिल्ला र केन्द्रीय नेतृत्वमा रहेका नेताहरुले भने गठबन्धनमा जोड दिएका छन् । आफ्नो राजनीतिक स्वार्थ र भविष्य सुरक्षित गर्न उनिहरुले गठबन्धनमा जोड दिएको प्रष्टै देखिन्छ । एक्लाएक्लै एमालेसंग निर्वाचन लड्न सजिलो नभएको महसुस गरेका नेताहरुले गठबन्धन गरेर आफ्नो जित सुरक्षित गर्न जसरीपनि गठबन्धन गर्ने बताइरहेका छन् ।

स्रोतका अनुसार कांग्रेश केन्द्रीय सदस्य एबं उद्योग मन्त्री दिलेन्द्रप्रसाद बडू, माओबादी जिल्ला समन्वय समिति संयोजक एबं सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री मानबहादुर धामी गठबन्धनको विषयमा छलफल गर्न गृहजिल्ला आउदैछन । यसअघि जिल्ला स्तरीय नेताहरुबिच गठबन्धनको विषयमा छलफल भएपनि सहमति जुट्न नसकेपछि सहमतिको अन्तिम प्रयास गर्न मन्त्रीद्धय गृहजिल्ला आउन लागेका हुन् ।

यसअघि दार्चुलामा गठबन्धन गरेर जाने हो भने चार पालिका प्रमुख र पाँचमा उपप्रमुख पाउनुपर्ने माग नेकपा माओबादी केन्द्रले राखेको बुझिएको छ । मार्मा, अपिहिमाल, नौगाड र लेकम गाउँपालिका अध्यक्ष तथा अन्य पालिकामा उपप्रमुख र सबै पालिकामा हैसियतअनुसार वडा अध्यक्ष र सदस्य पाउनुपर्ने माग माओबादीको थियो । हैसियत अनुसार उपप्रमुख, वडाअध्यक्ष र सदस्य आफुहरुले समेत दाबी गर्ने नेकपा एकिकृत समाजवादीका नेताहरु बताउछन् । नेपाली कांग्रेशले भने जुन पालिकामा जसको जनमत बढी छ उसलाई बहुमतसहितको पालिका प्रमुख दिएर जान सकिने जनाएको छ । अधिकासं पालिकामा नेपाली कांग्रेशको जनमत बढी भएकोले एक दुई पालिका बाहेक सबै पालिका प्रमुख र अध्यक्ष आफुहरुले पाउनुपर्ने र वडाहरुमा समेत जनमतको आधारमा सिट वाडफाड गर्नुपर्ने कांग्रेश नेताहरुको प्रस्ताव छ । हैसियत अनुसारको गठबन्धन गर्न तयार भएपनि जनमत र जनभावना विपरीत गठबन्धन गर्न नसकिने कांग्रेशका नेताहरु बताउछन ।

आफुले छोड्नुपर्ने पालिकामा भने उम्मेदवारका आकांक्षि र कार्यकर्ताले फरक चुनाव चिन्हमा मतदान गर्न नसकिने भन्दै गठबन्धन नगर्न नेताहरुलाई सुझाब दिइरहेका छन् । फरक राजनीतिक बिचार भएका पार्टीबिचको गठबन्धन पूर्ण रुपमा कार्यान्वयन नहुने डर र आशंका समेत नेताहरुमा कायमै छ । गठबन्धनका विषयमा ठोस सहमति नभएपछि सबै पालिकामा आआफ्नो पार्टीको अवस्थाबारे केन्द्रमा रिपोर्टिङ गरिएको र केन्द्रको सुझाब र जिल्लास्तरीय नेताहरुको समझदारीका आधारमा गठबन्धनबारे अन्तिम छलफल हुने नेताहरुको प्रतिक्रिया छ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?